News Portal

शनिबार प्रदेश १ मा ८६ कोरोना संक्रमित थपिए

रातोपोस्ट संवाददाता
६३५ पटक

मोरङ, साउन ३१ । विराटनगर महानगरपालिकामा शनिबार ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै महानगरमा कोरोना संक्रमितको संख्या ४ सय ८२ पुगेको छ । प्रदेश १ को सामाजिक विकास मन्त्रालयका अनुसार कुल संक्रमितमध्ये ६ जनाको मृत्यु भएको छ भने ७६ जना निको भएर घर फर्केका छन् ।

थपिएका नयाँ संक्रमितहरुमा रंगेली नगरपालिकामा ९, बुढीगंगामा २, धनपालथानमा ५, जहदामा ३, सुन्दरहरैंचामा २, कानेपोखरी, ग्रामथान र सुनबर्षीमा १ र १ छन् । मोरङमा शनिबार ६४ जनामा कोरोना संक्रमण देखिएसँगै मोरङमा संक्रमितको संख्या ८ सय ९५ पुगेको छ भने ३ सय ३४ जना निको भएर घर फर्किसकेको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा शनिबार ८६ जनामा कोरोना संक्रमति थपिएका छन् । ती मध्ये ३२ महिला र ५४ जना पुरुष हुन् । मोरङमा ६४, सुनसरीमा १९, ओखलढुंगा, तह्रथुम र उदयपुरमा १र१ जना संक्रमित थपिएका छन् । यस प्रदेशमा हालसम्ममा १ हजार ९ सय ७ जनामा संक्रमण पुष्टि भएको छ । ती मध्ये १ हजार ७५ जना निको भएर डिस्‍चार्ज भइसकेका छन् ।

प्रतिकृया दिनुहोस्