रातोपोस्ट संवाददाता

काठमाडौं, साउन ३२ । भारतमा कोरोना भाइरसको संक्रमितबाट पछिल्लो २४ घण्टामा ६३ हजार ९८६ जना संक्रमित भएसँगै मृत्यु हुनेको संख्या ५० हजार नाघेको छ ।
पछिल्लो २४ घण्टामा ९५० जनाको मृत्यु भएसँगै भारतमा आइतबार यो समाचार तयार पार्दासम्म मृत्यु हुनेको संख्या ५० हजार ८४ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।
आइतबार यो समाचार तयार पार्दासम्म भारतमा कोरोना संक्रमितको संख्या २५ लाख ८९ हजार २०८ पुगेको हो । संक्रमितमध्ये अहिलेसम्म १८ लाख ६० हजार ६७२ जना संक्रमणमुक्त भएका छन् भने ६ लाख ७८ हजार ४५२ जनाको उपचार भइरहेको छ ।