News Portal

पर्सामा थप ४७ जनामा कोरोना पुष्टि

रातोपोस्ट संवाददाता
४७० पटक

वीरगन्ज, साउन ३२ । नेपालमा कोरोनाभाइरसबाट सबैभन्दा बढी प्रभावित पर्सा जिल्लामा थप कोरोनाभाइरस संक्रमित थपिएका छन् । शनिबार भएको परीक्षण र आइतबार विहान आएको रिपोर्टअनुसार पर्सा र बारामा ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा १० जना महिला रहेका छन् ।

नारायणी अस्पतालको पिसिआर प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । यसमा वीरगन्जका मात्र २० जना रहेका छन् । त्यस्तै, बाराका ३ जना, नारायणी अस्पतालका ४ जना र पोखरियाका १२ जना रहेका छन् ।

त्यस्तै, पर्सागढीका २ जना र अन्य ६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।

प्रतिकृया दिनुहोस्