News Portal

पार्टीको नाम लिएर चन्दाका लागि धम्काउनेलाई विप्लव नेकपाले दियो यस्तो चेतावनी

रातोपोस्ट संवाददाता
६६९ पटक

काठमाडौ, साउन ३२ । विप्लव नेतृत्वको नेकपाले आफ्नो पार्टीको नाममा केही मान्छेले गरेको ब्ल्याकमेलिङप्रति गंभीर ध्यानाकर्षण भएको जनाएको छ ।

नेकपा उपत्यका विशेष ब्युरोले हालै जनआस्था डटकमनामक अनलाइनमा साउन ३० गते ‘विप्लवको नाम बेच्दै मान्यद्वारा व्यापारीलाई धम्की छिटो गर्नोस्, नत्र राम्रो हुन्न, भन्ने शीर्षकमा प्रकाशितप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

विप्लव नेकपाका उपत्यका विशेष ब्युरो इन्चार्र्ज मिलनले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो पार्टीको लोकप्रियताका कारण पार्टीको नाम बेचेर विभिन्नखाले अराजनीतिक तत्वहरू आफ्नो निहित स्वार्थ पूरा गर्ने कार्यमा लागेको भन्दै आफ्नो पार्टीको बदनाम गर्ने कार्य रोक्न चेतावनी दिएका छन् ।

मिलनद्धारा जारी विज्ञेप्तीमा भनिएको छ

‘हाम्रो पार्टीको लोकप्रियता र नाम बेचेर विभिन्नखाले दलाल पुँजीवादका मतियारहरू, घुसपैठियाहरू, षड्यन्त्रकारी एजेन्टहरू, बिचौलिया तस्करहरू र अराजनीतिक तत्वहरू हाम्रो पार्टीलाई बदनाम गराउने र आफ्नो सीमित स्वार्थ पूरा गर्ने कार्यमा लागिरहेको देखिन्छ ।

हाम्रो जनप्रिय पार्टीको नाम लिँदै जनतालाई अनावश्यक मानसिक यातना दिनेजस्ता गतिविधि निन्दनीय र भत्र्सनायोग्य छ ।’

प्रतिकृया दिनुहोस्