News Portal

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

रातोपोस्ट संवाददाता
६३७ पटक

काठमाडौं, साउन ३२ । पेट्रोल, डिजेल र मट्टितेलको मूल्य फेरि बढेको छ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो।

आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर १ रुपैयाँका दरले बढेको हो। निगमका अनुसार अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १०५ रुपैयाँ पुगेको छ भने, डिजेल र मट्टितेलको मूल्य ९१ रुपैयाँ पुगेको छफेरि

खाना पकाउने एलपी ग्यास र हवाई इन्धनमा भने कुनै मूल्य परिवर्तन नगरिएको निगमले जनाएको छ।

प्रतिकृया दिनुहोस्