News Portal

एसईईको नतिजा मंगलबार

रातोपोस्ट
४३३ पटक

काठमाडौं, भदौ १ । राष्ट्रिय परीक्षा बोर्डले २०७६ सालको एसईईको परीक्षाफल मंगलबारभित्र प्रकाशित गर्ने तयारी गरेको छ। बोर्डले मगलबारभित्र परीक्षाफल प्रकाशित गर्नेगरी अन्तिम तयारी गरेको छ ।

बोर्डका अधिकारीका अनुसार सबै बोर्ड सदस्यलाई बैठक बोलाउने तयारी भइरहेको छ । स्रोतले अन्तिम तयारी भइरहेको र मंगलबारभित्र नतिजा प्रकाशन गरिसक्ने जानकारी दियो । बोर्डले परीक्षाफल प्रकाशित गर्नुअघि साहमतिका लागि सिसिएमसि मार्फत मन्त्रिपरिषद्मा प्रस्ताव पठाएको थियो ।

मन्त्रिपरिषदको बैठकले साबधानी अपनाएर परीक्षाफल प्रकाशित गर्न सहमति दिएपछि परीक्षाफल प्रकाशन गर्न लागेको हो । यो खबर आजको समाचारपत्र दैनिकले छापेको छ ।

प्रतिकृया दिनुहोस्