News Portal

  • इलाममा क्वारेन्टाइनमा बसेका एक युवकको मृत्यु

    रातोपोस्ट संवाददाता
    ५४७ पटक

    इलाम, १ भदौं । इलामको सूर्योदय नगरपालिकास्थित करफोक विद्यामन्दिरमा रहेको क्वारेन्टाइनमा बसेका एक व्यक्तिको मृत्यु भएको छ ।

    उनको गए राति ११ बजेतिर मृत्यु भएको हो । सूर्योदय नगरपालिका–९ का २२ वर्षीय युवकको क्वारेन्टाइनमा मृत्यु भएको सूर्योदय नगरपालिका–१० का अध्यक्ष पेमा उर्गेन लामा (भाइचुङ) ले जानकारी दिएका छन् । मृतकको नाम खुलाइएको छैन ।

    उनी साउन २६ गते भारतको हैदरवादबाट आएर क्वारेन्टाइनमा बसेका थिए । मृतको पिसिआर परीक्षणको रिपोर्ट आइसकेको छैन । साउन ३० गते उनको स्वाब परीक्षणका लागि पठाइएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन बिमल बरालले बताएका छन् ।

    क्वारेन्टाइनमा बसेका उनी आइतबार बिरामी परेका थिए । उनको प्राथामिक स्वास्थ्य चौकीका चिकित्सकले क्वारेन्टाइनमै उपचार गरेका थिए । मृतकमा स्वास प्रश्वासको समस्या देखिएको थियो ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)