News Portal

  • एसईईको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

    रातोपोस्ट संवाददाता
    ३१० पटक

    काठमाडौं परीक्षा नियन्त्रण कार्यालयले २०७६ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ।

    राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलले नतिजा प्रकाशन भइसकेको र वेबसाइटमा राख्ने तयारी भइरहेकाे नेपाल समयलाई जानकारी दिए।

    गत वर्ष कोरोना भाइरस संक्रमणका कारण एसईईको परीक्षा लिइएको छैन। विद्यालयले पठाएको आन्तरिक मूल्यांकनलाई प्रमाणीकरण गरेर नतिजा प्रकाशन गरेको बोर्डले जनाएको छ। एसईईको परीक्षा फर्म ४ लाख ८२ हजार ९८६ विद्यार्थीले भरेका थिए। त्यसमध्ये विद्यालयहरूबाट ४ लाख ७२ हजार ७८ विद्यार्थीको प्रमाणित प्राप्तांक विवरण प्राप्त भएको बोर्डले जनाएको छ।

    परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट https://www.see.gov.np/exam/results,

    राष्ट्रिय परीक्षा बोर्डको https://www.neb.gov.np/results,

    शिक्षा विभागको http://doe.gov.np/

    शिक्षा मन्त्रालयको वेबसाइट https://moe.gov.np/

    नेपाल टेलिकमको https://see.ntc.net.np/ मा लग इन गरेर नतिजा हेर्न सकिन्छ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)