News Portal

पोखरामा कोरोनाबाट एक महिलाको मृत्यु, मृत्युपछि कोरोना संक्रमण पुष्टि

रातोपोस्ट संवाददाता
८७० पटक

कास्की, भाद्र २ । कोरोना भाइरसको संक्रमणबाट पोखरामा थप एक महिलाको मृत्यु भएको छ । पोखरा महानगरपालिका १० स्थित कास्की सेवा हस्पिटलमा उपचाररत एक महिलाको सोमबार राति मृत्यु भएको हो ।

तनहूँ व्यास नगरपालिका निवासी महिलाको सोमबार राति ११ बजेर ३६ मिनेटमा मृत्यु भएपनि मंगलबार बिहान ६ बजे मात्रै रिपोर्ट आएको छ । रिपोर्ट पोजिटिभ आएको अस्पताल स्रोतले जनाएको छ ।

साउन ३२ गते अस्पताल भर्ना भएकी महिलाको कोरोना टेस्टको लागि स्वाब संकलन भएकोमा आज बिहान मात्रै रिपोर्ट आएको हो । मृतक महिला डाइबेटिज र निमोनियाको बिरामी थिइन् । योसँगै सोमबार राति र मंगलबार बिहान गरेर थप तीन जनाको मृत्यु भएको छ भने देशभर मृतकको संख्या १ सय १० पुगेको छ ।

प्रतिकृया दिनुहोस्