News Portal

नेपालमा एकै दिन सात जना कोरोना संक्रमितको मृत्‍यु, मृत्‍यु हुनेको संख्‍या ११४ पुग्‍यो

रातोपोस्ट संवाददाता
३९५ पटक

काठमाडौं, भदौ २ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट एकै दिन सातजनाको मृत्‍यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्‍यु हुनेको संख्‍या ११४ पुगेको छ।

स्वास्थ्‍य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले नियमित पत्रकार ब्रिफिङका क्रममा सो जानकारी दिएका हुन। गौतमका अनुसार मृत्‍यु हुनेमा काभ्रे, नवलपरासी, मोरङ, धनुषा, कास्की र बाँकेका एक/ एक जना पुरुष र तनहु जिल्लाका एक महिला रहेका छन्।

यस्तै पछिल्लो २४ घण्टामा एकैदिन १ हजार १६ जना कोरोना संक्रमण पुष्टि भएको छ भने काठमाडौँ उपत्यकामा मात्रै २०५ जनामा कोरोना संक्रमित भेटिएको छ।

प्रतिकृया दिनुहोस्

Our Team

अध्यक्ष : गणेश बहादुर मगर
सम्पादक : दिलिप थापा
संवाददाता: सुबराज लामिछाने
मल्टीमिडिया : एकराज प्रधान
व्यवस्थापक : अप्सना बेगम
सल्लाहकार : घनश्याम गाैतम
कानुनी सल्लाहकार : मानबहादुर खत्री
सम्पर्क नम्बर (९८५२६२१३००)