News Portal

ब्रेकिङ : नेतृ भुजेल र पाैडेललाई रिहाइ गर्न अदालतकाे आदेश, पुन : पक्राउ गर्ने प्रहरीकाे तयारी

रातोपोस्ट संवाददाता
८६३ पटक

सुनसरी । नेत्र विक्रम चन्द (विप्लव ) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीकी तत्कालीन मेचिकाेसी ब्युरो इन्चार्ज एवम् पुर्व सांसद उमा भुजेल (सिलु) र कार्यालय सचिव एवम् झापा जिल्ला इन्चार्ज सुमनसिंह पाैडेललाई जिल्ला अदालत सुनसरीले सबै मुदामा सादा तारिखमा छाड्ने आदेश दिएको छ।

पटकपटक गरि १० पटक भन्दा बढि पुन : पक्राउ गरिएकि नेतृ भुजेल र सुमनसींहलाई अदालतले छाड्ने आदेश दिएपनि अदालत परिसरमा बाक्लो मात्रामा प्रहरी परिचालन गरेर पुन : पक्राउ गर्ने तयारी गरिएको छ।

नेतृ उमा भुजेल ‘शिलु’ र सुमनसिंह पौडेललाई प्रहरीले पटकपटक एउटै मुद्दामा गिरफ्तार गरेर हिरासतमा राखेको छ । उनीहरूलाई हातहतियार तथा सङ्गठित अपराधको मुद्दामा सङ्खुवासभाबाट धरौटीमा रिहा भएलगत्तै जिल्ला प्रहरी कार्यालय धरान ल्याइएको थियोे ।

नेत्री भुजेललाई दसौँपटक गिरफ्तार गरेर देशैभरि डुलाएको थियो भने नेता पाैडेललाई पुर्वका विभिन्न जिल्लामा घुमाउदै आएको छ। गत पुस महिनामा सुनसरीबाट गिरफ्तार परेका उनिहरुलाई सुनसरीको मुद्दा सकाएर अन्य जिल्लामा लगिएको भएपनि पुन : सुनसरीमा साेहि मुद्दा लगाउँदै ल्याइएको हो ।

यसअघि सुनसरीबाट गिरफ्तार गरेर रिहा भइसकेपछि पनि ठाउँठाउँ घुमाएर फेरि उही मुद्दा लगाई उही ठाउँमा राखेपछि मानवअधिकारकाे हनन भएको अधिकारवादिहरुकाे दावी छ।

यसअघि उनीहरूलाई सरकारी वकिलको कार्यालयमार्फत प्रहरीले सङ्गठित अपराध, आगजनी तथा विस्फोट, विस्फोटक पदार्थ सञ्चय तथा ओसारप्रसार र उस्तै प्रकृतिको विस्फोटक पदार्थ ओसारप्रसार, सञ्चय र प्रयोग मुद्दा लगाएको थियो ।

प्रतिकृया दिनुहोस्