News Portal

महासचिव विप्लवलाई लालझुपडीबाट मार्मिक पत्र-कमरेड हामी तपाईंको साथमा छाैँ।

प्राेपाेजल शर्मा
१२८० पटक

आदरणीय कमरेड अभिवादन!आफू आराम रही तपाईलाई पनि आरामको कामना गर्दछु। खासै लेख्नै पर्ने विषय त त्यस्तो  केही नभए पनि पछिल्लो समयमा नेपालको परिस्थितिको बिषयमा टुलुटुलु हेरेर बस्न यो अन्तरमनले दिएन त्यसैले यो खुल्ला पत्र मार्फत केही शव्द उल्लेख गर्ने जमर्को गरेको छु।

प्रत्येक नागरिकहरु आज तपाई र तपाईको पार्टी सम्बन्धमा चर्चा परिचर्चा गरिरहेका छन् । हरेक कोणवाट विश्लेषण र समीक्षा गर्न थालेका छन् । नेपाली राजनीतिमा यहाँको उपस्थितिले नयाँ तरङ्ग ल्याईदिएको कुरा देश दुनियाँलाई थाहा छ । अझ यहाँहरुले फेरि पनि अपुरो क्रान्ति पुरा गर्ने प्रसंग उठाउदा समाजका जाली , फटाहा , तस्कर , माफिया  , भ्रष्ट ,दलाल लगायत अन्य व्यभिचारीहरुको सात्तो पुत्लो गएको छ । त्यस्तै आफूलाई यो देशको ठेकेदार ठान्ने कथित प्रतिगामी नामको  सरकारी कम्युनिस्ट पार्टी तथा देशी विदेशी शक्ति केन्द्रमा पनि अनौठो तरङ्ग पैदा गरेको छ भने आम नागरिकमा एउटा आसाको सन्देश प्रवाह गरेको छ ।

तर्सथ तपाई एउटा महान् क्रान्तिकारी योद्धा हुनुको नाताले यहाँलाई केही कुरा भन्न मन लाग्यो र त्यसलाई खुल्ला रुपमा नै प्रेषित गर्न चाहे ।

यहाँको राजनीतिक व्यक्तित्व वारेमा केही कुरा
दश वर्षो महान् जनयुद्वमा महत्वपूर्ण भूमिका खेल्नु हुने तपाईको सादा  जीवन उच्च बिचार एवम् क्रान्तिकारी व्यवहारवाट दुनियाँलाई जानकारी छ । पहिला देखिनै यहाँले आफूलाई सच्चा क्रान्तिकारी नेताको रुपमा स्थापित गराउनु भएको कुरा समेत कसै सामू छिपेको छैन । अझ पार्टी भित्र तत्कालीन हेडक्वार्टर प्रचण्ड माथि सिधा कुरा राख्ने र आफ्ना अडानहरु समेत व्यक्त गर्न सक्ने होनाहार नेताको रुपमा समेत यहाँले परिचय बनाउनु भएको छ । त्यस्तै आर्थिक विवाद साँस्कृतिक विचलनमा समेत नपरी यहाँले आफ्नै इमान्दार र अनुशासनको परिचय दिनु भएको छ ।

शान्ति सम्झौतापछि शहर पसेका धेरै कमरेडहरुले छेपारोको झैँ रङ फेरिरहेका थिए । कतिले घर बनाएका थिए ,कतिले जग्गा जमिन र अन्य सम्पत्ति जोडेका थिए । कोही सरकारमा जान र गएर देशको ढुकुटी लुट्न मरिहत्ते गरिरहेको बेलामा यहाँमा भने धन सम्पत्ति कमाउने र पदीय जिम्मेवारी सम्हाल्ने कुरामा कुनै चासो देखिएन । यहाँको रहनसहन ,चाल ,चलन भेषभुषा आदिमा कुनै पनि नकारात्मक परिवर्तन आएको थिएन । एक हिसावले भन्ने हो भने यहाँमा एउटा असल कम्युनिष्ट नेतामा हुन पर्ने गुण र विशेषता कायम नै थियो । जसलाई आजसम्म पनि यहाँले बचाई राख्नु भएको छ ।

त्यस्तै पार्टीभित्र  पनि सधैँ क्रान्तिकारी तथा जनवादी धारको नेतृत्व यहाँले नै गर्नु भएको थियो भन्ने कुरा पछिल्लो दिनमा यहाँले नेकपा माओवादी हुदै नेपाल कम्युनिस्ट पार्टी गठन गरेबाट प्रष्ट भएको छ। बारम्वार पार्टीे क्रान्तिकारी धार जोगाउन यहाँले गरेका हर पहलहरु समेत आम नागरिकहरुले बुझेका थिए । तत्कालीन एमाओवादीवाट अलग हुनमा पनि मूख्यतया यहाँकै हात थियो ,अरुले त केवल नयाँ पार्टीगठनको नाटक मात्र रचेका रहेछन् भन्ने कुरा विभिन्न घटनाक्रमले र्छलङ्ग भएको छ ।

यतिबेला देश र जनताको लागि तपाईं एउटा निकै संघर्षशिल र चुनौतीपूर्ण मैदानमा हुनुहुन्छ । विश्व भरि फैलिएको कोरोनाभाइरसको महामारीबाट हामी पनि सबै जनताहरु आतंकित भएका छौं।होमक्वारेन्टाइन बाट नेपाल र नेपाली जनता माथि भएको अन्याय र अत्याचार हेरेर बस्न वाध्य भएका छौं ।यो भाइरसको  पीडा सगैं बढीपहिरोको जोखिममा जीवन विताउन  बिवस भएका छौं।तपाईंलाई पनि यो कोरोना भाइरससंगै वर्ग दुश्मनले घेरामा हाल्ने निकै प्रयत्न गरिरहेका छन् । तिनै वर्ग दुश्मन र जासुसीको घेराभित्र तपाईंले पार्टीको नेतृत्वदायी भूमिकालाई निकै संघर्षपूर्ण ढंगबाट अगाडि बढाईरहनु भएको छ । भ्रष्ट र दलालको विरुद्ध चलाइएको यो आन्दोलनमा अहिले धेरै जनता आवद्ध हुने र आन्दोलन क्रमिक रुपमा अगाडि बढ्ने स्थिति पनि पैदा भएको छ ।

प्रिय कमरेड, तपाईहरु अपुरो क्रान्तिलाई पूरा गर्ने अठोट गरि नेपाल कम्युनिस्ट पार्टी निर्माण गरि एकीकृत जनक्रान्तिको कार्यदिशा लिएर अगाडि बढेको पनि झन्डै ७ वर्ष पुरा हुन लागे छ। यो सामाजिक दलाल फासिबादि केपि सरकारले तपाईंको पार्टी माथि प्रतिबन्ध लगाएको पनि डेढ वर्ष भएको छ। स्थायी समिति सदस्य क. सुदर्शन लगायत दर्जनौं नेताकार्यकर्ताहरु जेलमा कष्टपुर्ण जीवन व्यतीत गरिरहेका छन्। ११जना कमरेडहरुले त अपुरो क्रान्तिलाई पूरा गर्ने क्रममा आफ्नो भौतिक शरीरको कुर्वानि गरेकाछन। यस बखतमा केही नेताकार्यकर्ताहरु हिरासतमा २/४ दिन पनि नबसि आत्मसमर्पण गर्ने, अन्य पार्टीमा प्रवेश गर्ने, सिआइडि सुराकी गर्ने गरेको समाचार सुन्दा तपाइहरु जस्तो असल इमानदार क्रान्तिकारी नेताकार्यकर्ता माथि अन्याय भएको महसुस भएको छ।साथै परिवर्तनकारी जनता र क्रान्ति माथि ठूलो कुठाराघात गरेको भान भएको छ।  केही नेताकार्यकर्ताहरु भने पार्टीको नाम बेचेर कमाउ धन्दामा लागेको देखिन्छ र त्यस्तो क्रान्तिमाथि कुठाराघात गर्नेहरुलाइ साधारण विज्ञप्तिले कार्वाही गरेको देखिएको छ।यस्ता निच मान्छेहरुलाइ कागजी भन्दा पनि भौतिक कार्वाही गरी पार्टीको नाम बेचेर असुलेको रकम पुन पार्टीकरण गरि पार्टीकै योजनामा सदुपयोग गर्नुभए  अति उत्तम हुन्थियो कि!आम सर्वहारा वर्गलाइ न्याय दिने तपाईंको पार्टीले पार्टीकै योजनाको क्रममा जेलनेल खेप्नु भएका र जेलबाट सफलतापुर्बक लडाइ  जिति खुल्ला आकाशमा प्रवेश गरेका केही असल,साहसी इमानदार कार्यकर्ताहरुलाइ भने पार्टी जिम्मेवारी पनि नदिइ राख्ने , पार्टी सम्पर्कमा पनि आउन नदिइ महिनौं सम्म बेवारिसे बनाइएको हुदा यस्ता असल कार्यकर्ताहरुलाइ पनि पार्टीमा जोडि अपुरो क्रान्ति पूरा गर्न अझै स्पिट चाल्नुहुनेछ भन्ने आसा गरेको छु।

साथै केही अवसरवादीहरुलाई कार्वाही गरे पनि अझै त्यस्ता केही पात्रहरु क्रान्तिलाई धोका दिन सलबलाइरहेको देख्दा अझै शुद्धिकरणको आवश्यकता  महसुस गरेको छु।केही सामुहिक भन्दा व्यक्तिवादि सोच भएकाहरुले गुटउपगुट गर्ने , असल इमानदार कार्यकर्तालाइ प्रमाण पुष्टि गर्न नसकि कार्वाही गर्ने जस्ता काम गरेकाछन्।यो विषयमा तपाईले शिघ्र अनुसन्धान गरि उपयुक्त निर्णय गर्नु हुनेछ भन्ने आसा गरेकोछु। पार्टी छोडेका र अन्य केही फटाहाहरु पार्टीको नाम लिदै व्यापारीहरुलाइ धम्काउने,थर्काउने र आर्थिक उठाउने ,मौकामा चौका हान्ने दाउमा छन्।यस्ता जालीहरुलाई यथा शिघ्र कार्वाही गर्नुहुनेछ भन्ने अपेक्षा लिएको छु।

साथै जनता यो व्यवस्थाबाट आक्रान्त बनिसकेका छन्।सानो देखि ठूलो सम्म गाउँ देखि सहर सम्म दलाल, फटाहाहरुको बिगबिगी भइरहेको छ।गाउगाउमा सिंहदरवारको नाम लिदै ब्रम्हलुट मचाइरहेका छन्।डलरबादि केही तत्वहरु दुइतिहाइ सरकारको नाममा आज कम्युनिस्ट पार्टीकै बदनामि गर्ने र अकुत सम्पति कुमलाउने दाउमा लागेका छन्।गाउंंमा आएको बिकाश निर्माणको कार्यमा जनप्रतिनिधिहरुनै ठेगदार बन्ने र आफ्नो मान्छेलाइ योजना पारेर फेरि अर्को चुनाबको लागी रकम थुपार्न तछाडमछाड गरिरहेका छन्।काण्डै काण्डले मुछिएको यो सरकार असफल भइसकेको छ।विश्वभरि फैलिएको कोरोना भाइरसबाट नेपालमा पनि हजारौं मान्छेहरु यो भाइरसको सिकार भइसकेका छन् ,भने आज सम्म१००जना भन्दा धेरै मानिसहरुले कोरोनाभाइरसबाट ज्यान गुमाइसकेका छन्। मृत्यु भएपछि कोरोना पोजेटिभ देखाउने , १० अरब भन्दा धेरै  राहत बाडेको नाममा भष्टचार गर्ने र स्वास्थ्य सामाग्री खरिदमा कमाउने धन्दामा लागेका छन्। क्वारेन्टाइनमा बसेको महिला देखि आज बजार ,स्कुल ,कार्यलय कुनै पनि ठाउमा महिलाहरु सुरक्षित छैनन् ।युवाहरु रोजिरोटिको कारणले देश भित्र रोजगारी नपाएर बिदेशीन बाध्य छन् । २१अौं शताब्दीमा पनि दलित भनेर पशुको जस्तो व्यवहार गरिएको छ।नवराज बिक, निर्मला पन्त लगायतका लाखौं उत्पिडित नेपाली जनताको परिवाजनहरुले तपाईंको पार्टी प्रति आसा र विश्वास लिएर न्यायको खोजि गरिरहेका छन् ।
तपाइको पार्टीको नाम लिदै यो सरकार आफै युद्ध थोपरि रहेको छ।जनताको कुनै जनधन , रोजिरोटिको ग्यारेन्टी गर्न नसक्ने यो सरकारवाट निराश भएर आत्महत्या गर्नेहरुको सङ्ख्या दिनदिनै बढिरहेको छ।लिपुलेक, लिम्पियाधुरा, कालापानी हुँदै चिनको मानोसरोवर सम्म भारतले सडक निर्माण गरेको, भारतको नक्सामा समेट्ने लगायतका काम गरिरहेको छ भने अन्य  सिमानाको पिल्लरहरु सार्ने सिमा मिच्ने लगायतका गतिविधि चलाइरहदा यो सरकार नक्सा सचाएर खुब राष्ट्रवादी बन्ने कोसिस गरिरहेछ।सुखी नेपाली र समृद्ध नेपालको नारा घनकाउदै करोडौं कुम्लाउन सफल भएको सरकार यो महामारीको विचमा कोरोनारोगको उपचार ,राहत अनि वाढिपिडितको उद्धारमा खटिनु पर्ने बेलामा रामको भक्तिभाव जगाउदै भजनकिर्तनमा तालि पडकाउन , सत्ता र पदको लागी टेवुल ठटाउन व्यस्त छ। mcc लगायतका राष्ट्रघाति सम्झौता कार्यान्वयन गर्न अन्य अन्य सन्धिसम्झौता गर्दै उखानटुक्काको हासोमा पानीजहाजको सपना देख्नमै ब्यस्त छ।केही दलाल,फटाह,भ्रष्टचारी,माफियाहरु माथि तपाईंको पार्टीले गरेको जनकारवाही र राष्ट्रघाति सन्धि सम्झैताको विरुद्ध गरेको आन्दोलनले जनतामा तपाईले नेतृत्व गर्नु भएको पार्टीमा लोकप्रियता बढ्नुको साथै आसाबादी भएको छ।केही ठाउँमा आर्थिकको रुपमा आन्दोलन दवाउने काम भएको हुँदा यस्तो गतिविधि  आगामी दिनमा सच्चाउन आग्रह गर्दै केन्द्र देखि स्थानीय तहसम्मको  भ्रष्टाचारी, दलाल, फटाह, बलत्कारी, तस्करहरुलाइ जनताको बिचमा उभ्याएर  बुलेटको गतिमा जनकार्वाहि गर्दै अपुरो क्रान्ति पूरा गर्न विज्ञान र प्रविधिलाई प्रथामिकता दिँदै कार्यदिशा निर्माण गर्नु भएको हुँदा हामी नवजवान युवाहरुको मुटुमा बास गर्नु भएको छ।त्यसैले दलाल,फटाह,जालिझेलिको व्यापक बिगबिगी चलिरहेको छ।देशको अस्मिता माथिनै यो व्यवस्थाका मतियारहरुले आच पुराउने कार्य गरेको हुँदा अझ ठुलो कदम चाली वैज्ञानिक समाजवाद स्थापनामा ठुलो सफलता लिनुहुने छ  भन्ने  अपेक्षा लिएको छु। हिजो प्रचण्ड बाबुरामले जसरी धोका नदिनुस सबै जनताहरुको यहि आग्रह छ।

अन्त्यमा

यो क्रान्तिमा फेरी लालझुपडीवाट हामी युवाहरु साथमासाथ र हातमाहात मिलाउन तयार छौं। एकीकृत जनक्रान्तिको कार्यदिशा मार्फत नेपालमा वैज्ञानिक समाजवाद हुदै साम्यवाद स्थापना गर्ने महानयात्रामा जनताको तर्फबाट हामीले गर्नु पर्ने साथ र सहयोगको प्रतिवद्धता व्यक्त गर्दै जनताको मनमुटुमा बस्न सफल प्रिय नेता अादरणिय महासचिव  कमरेडलाई क्रान्तिको महासागरमा धेरै धेरै सफलताको शुभकामना ब्यक्त गर्दछु।

प्रतिकृया दिनुहोस्