News Portal

चितवनमा थपिए २० कोरोनाभाइरस संक्रमित

रातोपोस्ट संवाददाता
४३७ पटक

चितवन, भदौ ३ । चितवनमा थप २० जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ । भरतपुरमा गरिएको स्वाब परीक्षणमा चाहिँ अन्य १० जनामा पनि कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

भरतपुरस्थित कोभिड १९ परीक्षण प्रयोगशालामा मंगलबार रातिसम्म गरिएको परीक्षणमा भरतपुर महानगरपालिकाका १२ जना, खैरहनी नगरपालिकाका ५ जना, राप्तीका २ जना र रत्ननगरका १ जनामा कोरोना पुष्टि भएको हो ।

नवलपुरका पाँच जना, महोत्तरी, बाँके, तनहुँ, मकवानपुर र बाराका एक–एक जनामा पनि कोरोना पुष्टि भएको छ । उनीहरु सबै चितवनमा उपचारका लागि अस्पताल भर्ना भएका छन् ।

प्रतिकृया दिनुहोस्