News Portal

काठमाडौं उपत्यकामा १० गतेसम्म निषेधाज्ञा

रातोपोस्ट संवाददाता
४३९ पटक

काठमाडौँ, भदौ ३ । काठमाडौं उपत्यकामा बुधबारदेखि भदौ १० गतेसम्म निषेधाज्ञा लागू गरिने भएको छ । राजधानीमा कोभिड १९ को संक्रमण बढिरहेका बेला उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी र तीनै जिल्लाका सुरक्षा निकायका प्रमुखहरुको बैठकले यस्तो निर्णय गरेको हो ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयमा मंगलबार साँझको बैठकले आज (बुधबार) देखि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

बैठकमा सहभागी महानगरिय प्रहरी परिसर काठमाडौंका एसएसपी श्याम ज्ञवालीका अनुसार भदौ ३ देखि १० गतेसम्म उपत्यकामा अत्यावश्यक सेवाका बाहेक सवारी साधन सञ्चालन गर्न पाइनेछैन ।

निषेधाज्ञामा अत्यावश्यक सेवाका बाहेक कुनै पनि सरकारी, निजी तथा गैरसरकारी कार्यालय तथा सवारी सञ्चालन गर्न नपाइने जिल्ला प्रशासन कार्यालय काठमाडौंका एक अधिकारीले जानकारी दिए ।

त्यस्तै, खाद्यान्न ढुवानी, स्वास्थ्य सेवा र सुरक्षाजस्ता अत्यावश्यक सेवाका सवारी साधन भने सञ्चालन गर्न पाइनेछ । निषेधाज्ञामा सर्वसाधारणको आवतजावत पनि निषेध गरिएकाेछ ।

प्रतिकृया दिनुहोस्