News Portal

नेपालको झण्डा जलाएर भिडिओ बनाउने ग्याल्जोम तामाङसहित नौ जना पक्राउ

रातोपोस्ट संवाददाता
६५६ पटक

काठमाण्डाै, भदौ ३ । नेपालको झण्डा जलाउने र विभिन्न समुदायमाथि गालीगलौज गर्दै म्युजिक बनाउने ग्याल्जोम दोर्जे तामाङसहित नौ जना पक्राउ परेका छ्न् ।

विभिन्न जाति र समूहलाई गाली गरेर गीत बनाउने/गाउने, झण्डा जलाउने र भिडिओमा मुख्य अभिनय गर्ने ग्याल्जोमसहित उनका समूहका नौ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुविरुद्ध कानुनी कारवाहीको प्रक्रिया सुरु भएको नेपाल प्रहरीले जानकारी दिएको छ ।

मंगोल हप नामको यूट्युब च्यानलमार्फत भदौ १ गते एक म्युजिक भिडिओ अपलोड भएको थियो । भिडिओमा नेपालको झण्डा जलाउनुका साथै विभिन्न जाति तथा समुदायलाई तथानाम गाली गरिएको छ । यसको सर्वत्र विरोध भइरहेको छ ।

प्रतिकृया दिनुहोस्

Our Team

अध्यक्ष : गणेश बहादुर मगर
सम्पादक : दिलिप थापा
संवाददाता: सुबराज लामिछाने
मल्टीमिडिया : एकराज प्रधान
व्यवस्थापक : अप्सना बेगम
सल्लाहकार : घनश्याम गाैतम
कानुनी सल्लाहकार : मानबहादुर खत्री
सम्पर्क नम्बर (९८५२६२१३००)