
काठमाडौं, भदाै ३ । नेपालमा पछिल्लो २४ घन्टामा पटक कोरोनाबाट थप ६ जनाको मृत्यु भएको छ । चितवन, धरान, ललितपुर र वीरगञ्जमा गरी ६ जनाको मृत्यु भएको हो ।
सुनसरीको धरान उपमहानगरपालिका वडा नम्बर– १५ की ७१ बर्षिया महिलाको बुधबार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको हो ।
यस अघि गएराति मात्रै प्रतिष्ठानमै उपचारका क्रममा मोरङको बुढिगंगा गाँऊपालिका वडा नम्बर– २ की ६७ बर्षिया महिलाको निधन भएको थियो ।
भक्तपुर सूर्यविनायककी ६१ वर्षीया महिलाको आज बिहान पाटन अस्पतालमा मृत्यु भएको छ । यस्तै, चितवनको खैरेनी नगरपालिका गोठेश्वरका १ सय ८ वर्षीया महिलाको मृत्यु भएको छ । उनको हिजो मात्रै पजेटिभ रिपोर्ट आएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अनुप अधिकारीले जानकारी दिए ।
यस्तै, वीरगंजमा मंगलबार मृत्यु भएका एक ६० वर्षीय वृद्धको मृत्यु पश्चात गरिएको परीक्षणमा कोरोना पजेटिभ आएको जनाइएको छ ।
यसैगरी, वीरगन्जकै नारायणी अस्थायी कोरोना अस्पतालमा उपचार गराइरहेका वीरगञ्ज महानगरपालिका– ४ विर्ता निवासी ८४ वर्षीय पुरुषको पनि मंगलबार राती मृत्यु भएको छ ।
यो संगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ सय २१ पुगेको छ ।