News Portal

उपत्यकामा १६९ सहित कोरोनाका ६८१ संक्रमित थपिए

रातोपोस्ट संवाददाता
४७८ पटक

काठमाडौं, भदौ ३ । उपत्यकामा १६९ सहित कोरोनाका ६८१ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले ६ सय ८१ जना कोरोनाका संक्रमितहरु थपिएको जानकारी दिए।

उनका अनुसार काठमाडौं उपत्यकाका ३ जिल्लामा मात्र १६९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। काठमाडौंमा १३४ भक्तपुरमा ८ जना र ललितपुरमा १७ जना कोरोनाका संक्रमितहरु गत २४ घण्टामा थपिएका हुन्।

प्रवक्ता डा. गौतमका अनुसार गत २४ घण्टामा ११ हजार ५ सय २२ जनाको पीसीआर परीक्षण गरिएको थियो। नेपालमा हालसम्म ५ लाख ५४ हजार ३ सय ८२ जनाको पीसीआर २८ हजार ९ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो नेपालको प्रति दशलाखमा १८ हजार ९ सय ९८ हो।

कोरोनाबाट गत २४ घण्टामा १२० जना निको भएको डा. गौतमले जानकारी दिए। उनका अनुसार हालसम्म जम्मा १७ हजार ७ सय जना कोरोना संक्रमण मुक्त भएका छन्।

कोरोना संक्रमणका कारण ६ जनाको मृत्यु भएको डा. गौतमले जानकारी दिए। उनका अनुसार गत २४ घण्टामा कोरोनाका कारण १२० जनाले ज्यान गुमाउनु परेको छ।

प्रतिकृया दिनुहोस्