News Portal

भारतमा एकैदिन ६९ हजारमा कोरोना संक्रमण

रातोपोस्ट संवाददाता
४६२ पटक

काठमाडौं, भदौ ४ : भारतमा कोरोना भाइरस संक्रमितको संख्या २८ लाख नाघेको छ । भारतमा एकैदिन ६९ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ६९ हजार १९६ जना संक्रमित भएसँगै बिहीबार यो समाचार तयार पार्दासम्म भारतमा कोरोना संक्रमितको संख्या २८ लाख ३५ हजार ८२२ पुगेको हो । संक्रमितमध्ये अहिलेसम्म २० लाख ९६ हजार ६८ जना संक्रमणमुक्त भएका छन् भने ६ लाख ८५ हजार ७६० जनाको उपचार भइरहेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणले ९८० जनाको मृत्यु भएको छ । योसँगै भारतमा बिहीबार यो समाचार तयार पार्दासम्म मृत्यु हुनेको संख्या ५३ हजार ९९४ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रतिकृया दिनुहोस्