रातोपोस्ट संवाददाता

रौतहट, भदौ ४ । रौतहटमा एक मन्दिरका पुजारीको गोली हानी हत्या गरिएको छ ।
रौतहटको माधवनारायण नगरपालिका–२ खेसरहियाटोलस्थित हनुमान मन्दिरका पुजारी ६५ वर्षीय श्रीराम साहको गएराति हत्या भएको रौतहट प्रहरीले जनाएको
बुधबार राति ९ बजेतिर खाना खाइरहेको अवस्थामा साहमाथि गोली प्रहार भएको इलाका प्रहरी कार्यालय गरुडाले जानकारी दिएको छ। ।
प्रहरीका अनुसार साहको कन्चटमा गोली लागेको थियो । घटनाको अनुसन्धान भइरहेको रौतहट प्रहरीले जनाएको छ