News Portal

एमाले निर्वाचन आयोगमा दर्ता, चुनाव चिन्ह उदाउँदो सूर्य

रातोपोस्ट संवाददाता
५७० पटक

काठमाडौं,  भदौ ४ । निर्वाचन आयोगले नेकपा एमाले नाममा नयाँ पार्टी दर्ता गरेको छ । गत १२ असारमा दल दर्ताका लागि आवेदन परेको थियो ।

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र एकीकरण भएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निर्माण भएको छ । नेकपा एमालेको नाममा दल दर्ताको निवेदन पर्दा नेकपाभित्र हलचल नै उत्पन्न भएको थियो । सत्तारुढ नेकपाभित्र विवाद चर्किरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीकै अगुवाइमा दल दर्ताको प्रयास भएको आरोप प्रचण्डसहितका नेताहरुले लगाएका थिए ।

निवेदन परेको झण्डै दुई महिनापछि आयोगले दल दर्ता गरेको हो । नव गठित नेकपा एमालेको अध्यक्षमा सन्ध्या तिवारी र महासचिव मनिषकुमार उपाध्याय छन् । पार्टीले आफ्नो छापमा डाँडामा उदाउँदो सूर्य राखेको थियो ।

कानुनअनुसार सबै मापदण्ड पुगेकाले दल दर्ता गर्ने निर्णय लिइएको एक आयुक्तले बताए । उनका अनुसार नेकपा एमाले नेपालको १३२ औं पार्टी बनेको छ ।

प्रतिकृया दिनुहोस्