News Portal

पछिल्लो २४ घण्टामा थप ७०७ जनामा कोरोना संक्रमण पुष्टि

रातोपोस्ट संवाददाता
३२१ पटक

काठमाडौ, भदौ ४ । पछिल्लो २४ घण्टामा देशभर थप ७०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कोभिडको राष्ट्रिय अद्यावधिक विवरण सार्वजनिक गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले १९२ महिला र ५१५ पुरुषमा संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनका अनुसार काठमाडौंमा २०० संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौं जिल्लामा १७४, ललितपुरमा १८ र भक्तपुरमा ८ जना संक्रमित थप भएका छन् ।

देशभर सक्रिय संक्रमितको संख्या ११ हजार ५५५ रहेको तथा संस्थागत आइसोलेसनमा ८ हजार ८३ जना र होम आइसोलेसनमा ३ हजार ७७२ जना रहेका प्रवक्ता गौतमले बताए । सक्रिय संक्रमितमध्ये १२९ जना आईसीयूमा र ७ जना भेन्टिलेटरमा रहेका जनाइएको छ ।

हालसम्म संक्रमणमुक्त हुने दर ६१% रहेको उनले बताए । संक्रमितमध्ये १७ हजार ९६४ जना डिस्चार्ज भइसकेका छन् ।

कोरोनाबाट निधन हुनेको संख्या ६ जना थप भएको छ । प्रवक्ता गौतमका अनुसार काठमाडौंमा १ महिला, मकवानपुरमा १ पुरुष, सप्तरी १ पुरुष तथा पर्सामा १ महिला र २ पुरुषको मृत्यु भएको छ । यससँगै हालसम्म कोरोनाले मृत्यु हुनेको संख्या १२६ पुगेको छ ।

प्रतिकृया दिनुहोस्

Our Team

अध्यक्ष : गणेश बहादुर मगर
सम्पादक : दिलिप थापा
संवाददाता: सुबराज लामिछाने
मल्टीमिडिया : एकराज प्रधान
व्यवस्थापक : अप्सना बेगम
सल्लाहकार : घनश्याम गाैतम
कानुनी सल्लाहकार : मानबहादुर खत्री
सम्पर्क नम्बर (९८५२६२१३००)