
झापा ,भदौ ५ । मेचीनगर नगरपालिकामा आज ४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । भारतबाट आएर काकरभिट्टा स्थीत सामुदायिक भवनको क्वारेन्टाईनमा बसेका १० बर्षिया बालिका सहित ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको मेचीनगरका सामाजिक बिकास समितिका संयोजक नबिन बरालले बताए ।
भदौ २ गते स्वाब संकलन गरि पिसिआर परिक्षणका लागि धरानस्थीत बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पठाइएकोमा आज प्रतिष्ठानले जारी गरेको रिपोट अनुसार २ महिला, १ पूरुष र १ बालिकामा कोरोना संक्रमण पुष्टी भएको बरालले जानकारी दिए ।
आज संक्रमण पुष्टी भएकाहरु मेचीनगर- २ का १० बर्षिया बालिका सहित मेचीनगर -४ का २१ बर्षिय पूरुष, मेचीनगर- ६ र ७ का २३/ २३ बर्षका दुई महिला रहेका छन् ।
आज थपिएका ४ जना सहित मेचीनगरमा कोरोना संक्रमितको संख्या १०६ पुगेको छ । संक्रमित मध्ये ९२ जना निको भएर घर फर्कि सकेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।