News Portal

  • २ करोड ५५ लाखमा भारुमा बिक्यो महात्मा गान्धीको चश्मा

    रातोपोस्ट
    ५६८ पटक

    एजेन्सी, भदौ ६ । भारतीय स्वतन्त्रता संग्रामका नेता महात्मा गान्धीको चस्मा २ करोड ५५ लाख भारुमा बिक्री भएको छ।

    अमेरिकी कम्पनी ब्रिस्टलले गरेको गान्धीको चस्मा यति महंगो रकममा लिलाम गरेको हो। बीबीसी हिन्दीका अनुसार सो चस्मा अमेरिकाको एक संग्रहकर्ताले खरिद गरेका छन्।

    लिलामी एजेन्सी ब्रिस्टलका अनुसार गान्धीको चस्मा ३ अगस्टमा एक व्यक्तिले खाममा हालेर कम्पनीलाई दिएका थिए। त्यतिखेर कम्पनीका एन्ड्य्रु स्टोले सो चस्मा कम्तिमा १४ लाख रुपैयाँमा बिक्री हुने बताएका थिए। चस्मा लिलामीमा दिएका व्यक्तिले प्राप्त रकम आफु र आफ्नी छोरीबीच बाँड्ने बताएका छन्।

    आफू सन् १९१० देखि १०३० सम्म दक्षिण अफ्रिकामा हुँदा आफ्ना काकाले गान्धीको चस्मा दिएको उनले दावी गरेका छन्। गान्धी आफ्नो युवा उमेरमा कानुनी पेशा गर्न अफ्रिका पुगेका थिए ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)