News Portal

  • गण्डकी प्रदेशमा शनिबार ११ संक्रमित थपिए

    रातोपोस्ट संवाददाता
    ३९० पटक

    पोखरा, भदौ ६ । गण्डकी प्रदेशमा शनिबार थप ११ जना कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा ११ संक्रमित थपिएका हुन् ।

    निर्देशनालयका अनुसार नयाँ संक्रमितहरुमा कास्कीका ३ जना, बाग्लुङका एक जना, तनहुँका २ जना, स्याङजाका २ जना र नवलपरासी पूर्वका ३ जना रहेका छन् । नयाँ संक्रमितहरु सबैलाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

    योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १८५५ पुगेको छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)