News Portal

  • नेपालमा पछिल्लो २४ घण्टामा थपिए ६३४ जना कोरोना संक्रमित, कुल संख्या ३१ हजार नाघ्याे

    रातोपोस्ट संवाददाता
    ३७३ पटक

    काठमाडौं । नेपालमा आज (शनिवार) थप ६३४ जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३१ हजार ११७ पुगेको छ ।

    स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा ६३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।

    उनका अनुसार (कोभिड १९) संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण १३७ जनाको मृत्यु भएको छ ।

    पछिल्लो २४ घण्टामा थप १३६ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १८ हजार ३५० पुगेको छ ।

    नेपालमा हिजो (शुक्रवार) ८३८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)