News Portal

२४ घण्टायता थप ९ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १४६ पुग्यो

रातोपोस्ट संवाददाता
४१९ पटक

काठमाडौँ, भदौ ६ । कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा थप ९ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सुनसरी, पर्सा, बारा, सिरहा, मकवानपुर र भक्तपुरका रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १४६ पुगेको छ ।

प्रतिकृया दिनुहोस्