News Portal

  • झापामा १६ सहित प्रदेश १ मा १०२ संक्रमित थपिए

    रातोपोस्ट संवाददाता
    ३०० पटक

    विराटनगर, भदौ ६ । झापाका १६ सहित प्रदेश १ मा शनिबार १ सय २ जना कोरोना संक्रमित थपिएका छन्। थपिनेमा ३७ महिला र ६५ पुरुष छन्। संक्रमित मोरङका ४९, सुनसरीमा ३०, झापाका १६, भोजपुरमा ३, इलाममा १ र प्रदेश १ बाहिरका ३ जना रहेका सामाजिक विकास मन्त्रालयले जनाएको छ।

    मोरङको विराटनगरमा २० महिला, १३ पुरुष, सुनबर्षीमा २ महिला, ८ पुरुष, सुन्दरहरैचामा १ महिला १ पुरुष, कटहरीमा २ पुरुष, धनपालथानमा १ पुरुष र स्थानीय तह नखुलेकी एक महिलमा संक्रमण देखिएको छ। मन्त्रालयका अनुसार सुनसरीको दुहवीमा १२ पुरुष, इटहरीमा ५ महिला, ३ पुरुष, धरानमा १ महिला, ३ पुरुष, गढीमा १ महिला, ३ पुरुष, भोक्राहामा १ पुरुष र स्थानीय तह नखुलेकी एक महिलाको रिपोर्ट पोजिटिभ आएको छ।

    झापाको दमकका ३ महिला, १३ पुरुष, भोजपुरको अरण गाउँपालिकाका ३ पुरुष, इलामको देउमाईका १ पुरुष र प्रदेश १ बाहिरका २ महिला, १ पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ हजार ५ सय ८९ पुगेको छ। प्रदेश १ मा हालसम्म १ हजार २ सय ४३ जना डिस्चार्ज भएका छन्।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)