News Portal

  • शिवसताक्षीमा थप एक जनामा कोरोना पुष्टि

    रातोपोस्ट संवाददाता
    ५२० पटक

    झापा,भदौ ६ । झापाको शिवसताक्षी नगरपालिकामा थप एक जनामा कोरोना पुष्टि भएको छ । शिवसताक्षी नगरपालिका – ४ स्थित ब्लुचोक सव स्टेसनमा कार्यरत सेक्युरिटी गार्डमा कोरोना संक्रमण पुष्टि भएको हो ।

    संक्रमित ब्यत्ति शिवसताक्षी वडा-७ लालझोडाका स्थानीय बासी हुन् । भदौ २ गते कन्ट्रयाक ट्रेसिङका क्रममा दमकमा गरिएको स्वाव संकलनको रिर्पोट आज पोजेटिभ आएको नगर प्रवक्ता नविन इजमले जानकारी दिए । उनलाई नेपाल विद्युत प्राधिकरणले विराटनगरमा तयार गरेको आसोलेसनमा पठाइएको शिवसताक्षी नगरपालिकाले जनाएको छ । ।

    यस अघि नेपाल विद्युत प्राधिकरणका दमक कर्मचारीलाई कोरोना देखिएपछि शिवसताक्षीका २ जनामा कन्ट्रयाक ट्रेसिङको क्रममा कोरोना पोजेटिभ देखिएको थियो । उनीहरुको मेची अञ्चल अस्पताल भद्रपुरको आइसोलेसनमा उपचार भइरहेको छ ।अहिले शिवसताक्षीको- ७ लालझाेडा एरिया सिल गरिएको नगरका प्रवक्ता इजमले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)