News Portal

मेचीनगरका दुई वडा भदौ १० गतेसम्म शिल गर्ने निर्णय

रातोपोस्ट संवाददाता
१०३३ पटक

झापा, भदौ ७ । झापाको मेचीनगर नगरपालिका २ वडा शिल गर्ने निर्णय भएको छ । आज आइतबार मध्यान्ह १२ बजेदेखि भदौ १० गते रातीको १२ बजे सम्मका लागि मेचीनगर वडा नम्बर- ७ र ८ पूर्ण शिल गर्ने घोषण भएको छ ।

समुदायमा कोरोना संक्रमण बढ्न थालेपछि मेचीनगर वडा नम्बर ७ र ८ का जनप्रतिनिधि, प्रहरी प्रशासन, राजनीतिक दलका प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, पत्रकारलगायत स्थानियबासीहरुको भेलाले स्वास्थ्य सेवा देखी बाहेक अन्य कुनै पनि गतिविधिमा पूर्ण रुपमा रोक गर्दै पूर्ण शिल गर्ने घोषण गरेको हो ।

भदौं ५ गते इटाभट्टा स्थित प्राइम बैैँककी २५ वर्षीया महिला कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएसंगै कोरोना संक्रमण समुदाय स्तरमा पनि गएको हुन सक्ने आशंका गरी इटाभट्टा बजार सहित मेचीनगरका २ वटा वडा पूर्ण शिल गर्ने घोषण गरेको मेचीनगर वडा – ८ का वडा अध्यक्ष विकेन्द्र धिमालले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्