News Portal

कोरोना संक्रमणबाट झापाका एक पुरुषसहित तीन जनाको मृत्यु

रातोपोस्ट संवाददाता
४६७ पटक

झापा, भदौ ७ । कोरोना भाइरस संक्रमणबाट आज झापाका एक जनासहित थप तीनको मृत्यु भएको छ ।

योसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १४९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार मृत्यु हुनेमा झापा, पर्सा र सर्लाहीका रहेका छन् ।

जसमा झापाका ४८ वर्षीय पुरुष, पर्साका ५६ वर्षीया महिला र सर्लाहीका ३३ वर्षीया महिला रहेको प्रवक्ता डा. गौतमले जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस्