News Portal

कमल गाउँपालिकामा थप ३ जनामा कोरोना पुष्टि

रातोपोस्ट संवाददाता
६५३ पटक

झापा, भदौ ७ । झापाको कमल गाउँपालिकामा ३ जनामा कोरोना पुष्टि भएको छ । कमल गाउँपालिका वडा -३ स्थित केर्खाबजारको समुदायमा काेराेना पोजेटिभ देखिएका हो ।

गाउँपालिकाको वडा-३ मा स्थायी बसोवास गर्ने ५७ र ४० वर्षीय दुई पुरुष र २० वर्षीय एक महिलामा कोरोना संक्रमण पुष्टि भएको कमल गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

संक्रमित तीनै जनालाई भद्रपुर स्थित मेची अस्पतालको आइसोलेसनमा पठाइएको कमल गाउँपालिकाका स्वस्थ्य शाखाका अधिकृत ईन्द्रप्रसाद अर्यालले जानकारी दिए ।

यस अघि केर्खा बजारका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनको कन्ट्रयाक्ट ड्रेसिङबाट तीन जनामा संक्रमण भेटिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको स्वास्थ्य शाखाले आज सम्ममा ५ सय २८ जनाको पिसिआर परिक्षण गरेको छ । यस अघि संक्रमित तीन जना कोरोना जितेर घर फर्की सकेका छन ।

प्रतिकृया दिनुहोस्