News Portal

कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु

रातोपोस्ट संवाददाता
३२५ पटक

विराटनगर, भदौ ८ । कोरोना भाइरस संक्रमणबाट आज  थप दुई जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुने दुबैजना पुरुष रहेका छन् ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा धरान ८ का ६८ वर्षीय पुरुषको मृत्यु भएको छ । प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार उनमा प्लाज्मा थेरापी गरिएको थियो । मृतकलाई उच्चरक्तचाप, मधुमेह र श्वासप्रश्वासको समस्या रहेको बताइएको छ ।

यसैगरी विराटनगरको कोभिड १९ अस्पतालमा अर्का एक पुरुषको मृत्यु भएको छ । विराटनगर ८ का ६५ वर्षीय पुरुषका गएराति मृत्यु भएको बताइएको छ । उनमा श्वासप्रश्वाससम्बन्धी समस्या भएको जनाइएको छ ।

बिहीबार स्वाब संकलन गरिएको मृतकको आइतबार रिपोर्ट पोजिटिभ आएको विराटनगर महानगर उपप्रमुख इन्दिरा कार्कीले बताइन् ।

प्रतिकृया दिनुहोस्