News Portal

  • एकै परिवारका पाँच सदस्यको घरमै झुण्ड्याएर हत्या

    रातोपोस्ट
    ४१७ पटक

    एजेन्सी, भदौ ८। भारतको मध्यप्रदेशस्थित एक घरका पाँचजना सदस्यको उनीहरूकै घरमा झुन्ड्याएर हत्या गरिएको पाइएको प्रहरीले जनाएको छ । परिवारका सबै सदस्यलाई झुन्ड्याइएको भन्ने सूचनाका आधारमा गएको प्रहरीले उनीहरूको हत्या गरिएको पाइएको जनाएको हो ।

    आइतबार राति सो घटना भएको प्रहरीले जनाएको छ । ती सबै शवलाई प्रहरीले अहिले पोस्टमार्टमका लागि पठाइएको जानकारी दिएको छ । उनीहरू एकैघरका परिवार रहेको जानकारी छिमेकीले दिएका छन् भने हत्याको कारण के हो र कसले गरेको हो भन्नेबारेमा केही थाहा भएको छैन ।

    भारतीय प्रहरीका अनुसार यस घटनाको ‘फोरेन्सिक साइन्स ल्याब’का अधिकारीहरूको सहयोगमा अनुसन्धान भइरेहको र अनुसन्धानपछि त्यो घटना किन र कसरी भएको हो भन्नेबारेमा पत्ता लाग्नेछ ।

    भारतीय राज्य मध्यप्रदेशको टिकमगर जिल्लामा सो दुर्घटना भएको बताइएको छ । आइतबार राति घरका सबैजना सदस्यलाई झुन्ड्याएर हत्या गरिएको भने पुष्टि भएको सो टिकामगर जिल्लाका एसपी प्रशान्त खरेले यहाँका स्थानीय सञ्चारमाध्यमहरूलाई जानकारी दिए ।

    खरेले सञ्चारमाध्यमहरूलाई आफूहरूले वैज्ञानिक रूपमा यसको अनुसन्धान गर्ने र सबै तथ्य अनुसन्धानपछि पत्ता लाग्ने बताएका छन् ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)