रातोपोस्ट संवाददाता

काठमाडौं, भदौ ९ : गण्डकी प्रदेशको कास्की जिल्लामा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा ४ जनामा संक्रमण पुष्टि भएको हो ।
यो सँगै गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या १८९५ पुगेको छ । यसैगरी गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या १६३९ रहेको छ ।