News Portal

  • करिश्मादेखि हरिवंशसम्मले लेखे– ‘कुलमान घिसिङ फेरि चाहिन्छ’

    रातोपोस्ट संवाददाता
    ५३९ पटक

    काठमाडौं, भदौ ९ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल भदौ २९ गतेबाट सकिदैछ । उनको कार्यकाल सकिनै लाग्दा उनलाई फेरि प्राधिकरणको जिम्मेवारी दिनुपर्छ भन्दै सामाजिक संजालमा आवाज उठ्न थालेको छ ।

    यो बहसमा नेपाली चलचित्रका कलाकारहरुले पनि साथ दिन थालेका छन् । नायिका करिश्मा मानन्धरले त कुलमान घिसिङ फेरि विद्युत प्राधिकरणमा चाहिने उल्लेख गरेकी छिन् । करिश्मा लेख्छिन्–‘थोरै आफ्नो सोचेर धेरै अरुको लागि गर्ने मान्छे कमै हुन्छन् । कुलमान घिसिङ फेरि चाहिन्छ ।’

    कलाकार हरिवंश आचार्य लेख्छन्–‘यो देशमा अन्धकार ल्याउनेहरु धेरै छन्, तिनीहरुलाई खोजी खोजी हटाउनुपर्छ । उज्यालो ल्याउनेलाई सम्मान गरौं । कुलमानको उर्जाले देशको उर्जा बढ्छ ।’ हरिवंशले कुलमानको तस्वीर पोष्ट गर्दै यो स्टाटस कोरेका हुन् ।

    सामाजिक संजालमा कुलमान फेरि विद्युत प्राधिकरणको कार्यकारी निर्देशक हुनुपर्छ भन्ने आवाज उठिरहेको समयमा सेलिब्रिटीले समेत यसमा समर्थन जनाउन थालेका छन् ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)