News Portal

महिला राष्ट्रिय क्रिकेट टोलीको कोरोना बिमा

रातोपोस्ट संवाददाता
१०३८ पटक

काठमाडौँ, भदौ ९ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय महिला क्रिकेट टोलीको कोरोना बिमा गरेको छ । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि क्यानले दोस्रो चरणमा महिला टोलीको कोरोना बिमा गरेको जनाएको छ ।

क्यानले मंगलबार एक विज्ञाप्ति जारी गर्दै राष्ट्रिय सिनियर टोलीका १८ खेलाडीको कोरोना बिमा गरेको जनाएको छ । क्यानले पछिल्लोपटक राष्ट्रिय महिला सिनियर टोलीको अन्तिम १८ मा परेका खेलाडीको कोरोना बिमा गरेको हो ।

नेपाली राष्ट्रिय महिला टोलीले अन्तिमपटक गत वर्ष घरेलु भूमिमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा खेलेका थिए । सागमा खेल्ने तिनै १८ महिला क्रिकेटरको क्यानले कोरोना बिमा गरेको हो । १३औं सागमा नेपाल तेस्रो भएको थियो ।

क्यानले पहिलो चरणमा शनिबार राष्ट्रिय पुरुष टोलीका खेलाडीसहित ५१ जनको कोरोना बिमा गरेको थियो । जसमा २५ खेलाडीसहित ग्राउन्ड स्टाफ र कार्यालय कर्मचारी गरी ५१ जना थिए ।

प्रतिकृया दिनुहोस्