News Portal

झापाका ८ सहित प्रदेश १ मा १ सय ९ जना कोरोना संक्रमित थपिए

रातोपोस्ट
४५५ पटक

विराटनगर,भदौ ९ । प्रदेश १ मा मंगलबार एकै दिन झापाका ८ सहित १ सय ९ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । दुई हजार ३९ जनाको स्वाब संकलन गरेर पीसीआर परीक्षण गरिएकोमा मंगलबार २९ महिला र ८० जना पुरुषको रिपोर्ट पोजिटिभ आएको हो । थपिएका संक्रमितमा मोरङ र सुनसरीमा समान ४८/४८, झापामा आठ, खोटाङमा एक र प्रदेश १ बाहिरका चार जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगर महानगरपालिकामा मंगलबार १० महिला र १६ पुरुष गरेर २६ जनामा संक्रमण पुष्टि भएको छ । मोरङको धनपालथानमा दुई महिला, छ पुरुष, ग्रामथानमा एक महिला, पाँच पुरुष, बेलबारीमा एक महिला, दुई पुरुष, बूढीगंगामा दुई पुरुष, रंगेलीमा एक पुरुष, जहदामा एक महिला र स्थानीय तह नखुलेकी १ महिलामा संक्रमण देखिएको छ ।

मन्त्रालयका अनुसार सुनसरीको दुहवीमा दुई महिला, १४ पुरुष, इटहरीमा चार महिला, चार पुरुष, भोक्राहानरसिंहमा छ पुरुष, कोशी गाउँपालिकामा पाँच पुरुष, बराहक्षेत्रमा तीन पुरुष, इनरुवामा एक महिला, दुई पुरुष, धरानमा तीन महिला, बराहक्षेत्रमा तीन, गढीमा एक र स्थानीय तह नखुलेका एक पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

झापाको भद्रपुरमा एक महिला, तीन पुरुष, कमलगाउँपालिकामा एक महिला, एक पुरुष, कन्काई र गौरीगञ्जमा एक-एक पुरुष, खोटाङको दिक्तेलमा एक पुरुष र प्रदेश १ बाहिरका एक महिला, तीन पुरुषमा कोरोना देखिएको जानकारी मन्त्रालयले दिएको छ ।

प्रदेश १ मा हालसम्म कोरोना संक्रमितको संख्या दुई हजार आठ सय ३२ पुगेको छ । प्रदेश १ मा मंगलबार उपचारपछि कोरोना पराजित गर्दै ४९ जना संक्रमित डिस्चार्ज भएका छन् । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या एक हजार तीन सय ३२ पुगेको छ । हाल सम्म ८० हजार सात सय ४५ जनाको पीसीआर परीक्षण गरिएको जानकारी मन्त्रालयले दिएको छ ।अन्नपूर्ण पाेष्ट

प्रतिकृया दिनुहोस्