News Portal

रामेछापमा सामुदायिक लघुवित्तकाे किस्ता आतंक-निषेधाज्ञाले पनि राेकेन कर्मचारीलाई

रातोपोस्ट संवाददाता
४०७ पटक

रामेछाप । विश्वभर आतंक मच्चाइरहेकाे काेराेना भाइरसका कारण जनमानसमा त्रास फैलिरहेका बेला रामेछापका बासिन्दा भने काेराेना भन्दा लघुवित्त तथा वित्तीय संस्थाहरुबाट त्रसित हुनुपरेको छ।
जिल्लाकाे मन्थली नगरपालिका गत साउन २९ गतेदेखि सिल गरिएको भएपनि विभिन्न वडा तथा गाउँमा यतिबेला सामुदायिक लघुवित्त वित्तीय संस्था शाखा कार्यालय किर्नेका कर्मचारीहरु काेराेना जाेखिम तथा सिल गरिएका क्षेत्रमा गएर किस्ता तिर्न धम्काइरहेकाे पाइएको छ। वित्तीय संस्थाहरुले ऋणको किस्ता तथा ब्याज तिर्न उर्दी जारी गर्दै सिल गरिएका क्षेत्रहरुमा समेत जबर्जस्त मिटिङ चलाउन थालेपछि स्थानीय बासिन्दा त्रसित बनेका छन्, भने काेराेना जाेखिम समेत बढेको छ।
काेराेनाका कारण धेरैकाे जनजिवन अस्तव्यस्त बनेको छ भने भाेकमारीकाे अवस्था सिर्जना हुँदै गैरहेकाे छ।काेराेनाकै कारण धेरैले राेजगार गुमाएका छन्, भने अर्काेतर्फ भाेकमारी,गरिबी लगायतका कारण आत्महत्या गर्नेहरुकाे संख्या दैनिक १६ जना भन्दा धेरै रहेको नेपाल प्रहरीको तथ्यांकले देखाउँछ।
यस्तो तनावग्रस्त अवस्थामा समेत वित्तीय संस्थाहरुले घरघरमा गएर ऋणीहरुलाई धम्काउने गरेपछि काेराेनाकाे कारण भन्दा ऋणको कारण त्रसित हुनुपरेको स्थानीयकाे गुनासो छ।
यतिबेला रामेछापका अधिकांश क्षेत्र सिल गरिएको भएपनि स्थानिय प्रशासनले बेवास्ता गरेपछि वित्तीय संस्थाहरुकाे ज्यादती बढेको हो । वित्तीय संस्थाका कर्मचारीहरुबाटै समुदाय स्तरमा काेराेना फैलन सक्ने र अवस्था अझै जटिल बन्न सक्ने स्थानिय बासिन्दा बताउँछन।यस्तो जर्जर परिस्थितिमा समेत मानविय संवेदनशीलताकाे ख्याल नगरी वित्तीय संसथाले मानसिक दबाब तथा यातना दिएको पाइएको छ।  यस विषयमा सम्बन्धित संस्थाका कर्मचारीसँग बुझ्दा माथिको आदेश भन्दै पन्छिने गरेका छन्।  स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालसम्म काेराेना संक्रमितको संख्या ३३,५०० भन्दा बढि रहेको छ भने मृतकको संख्या १६४ जना पुगिसकेको छ।विज्ञहरुले यो जाेखिमलाई बेवास्ता गरे काेराेना महामारी भयानक अवस्थामा पुग्ने चेतावनी दिइरहेका छन्।

प्रतिकृया दिनुहोस्

Our Team

अध्यक्ष : गणेश बहादुर मगर
सम्पादक : दिलिप थापा
संवाददाता: सुबराज लामिछाने
मल्टीमिडिया : एकराज प्रधान
व्यवस्थापक : अप्सना बेगम
सल्लाहकार : घनश्याम गाैतम
कानुनी सल्लाहकार : मानबहादुर खत्री
सम्पर्क नम्बर (९८५२६२१३००)