News Portal

कोरोनाबाट एकैदिन ११ को मृत्यु, नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ७५ पुग्यो

रातोपोस्ट संवाददाता
३१२ पटक

काठमाडौं, भाद्र १० । सरकारले पछिल्लो २४ घण्टामा ११ जना कोरोनाभाइरस संक्रमितको निधन भएको जानकारी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा कोरोना संक्रमित नौ जना पुरुष र दुई जना महिलाको निधन भएको जानकारी दिएका हुन् ।

उनका अनुसार कोरोना संक्रमित मोरङकी ४६ वर्षीया महिला र भक्तपुरकी ५३ वर्षीया मृत्यु भएको छ । यस्तै काठमाडौंका ३१ वर्षीय, बाराका ४१ र ४६ वर्षीय, महोत्तरीका ६०, ७२ र ७५ वर्षीय, बाँकेका ३६ वर्षीय र कैलालीका ४५ र ५० वर्षीय पुरुषहरुको पनि निधन भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको मृत्यु हुनेको संख्या १७५ पुगेको छ । पछिल्लो २४ घण्टामा ८८५ जनामा कोरोनाभाइरस संक्रमण भएको छ ।

योसँगै संक्रमितको संख्या ३४ हजार ४१८ पुगेको छ । हालसम्म १९ हजार ६०४ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

प्रतिकृया दिनुहोस्