News Portal

झापा गाउँपालिकामा गोली चल्यो

रातोपोस्ट संवाददाता
६२१ पटक

झापा,भदौ १० । झापा गाउँपालिकामा आज साँझ गोली चलेको छ । स्थानीयले गोरु काटेको विषयमा विवाद भएपछि झापा गाँउपालिका–३ कामाटोली पुगेको सशस्त्र प्रहरीले गोली चलाएको हो । स्थानीयले सशस्त्रमाथि आक्रमण गरेपछि गोली चलेको जनाइएको छ ।

गोरु काटेको निहुँमा प्रहरीले दिउँसो दुई जनालाई पक्राउ गरेको थियो । उनीहरुलाई जिल्लामा लैजान खोजेपछि स्थानीय आक्रमणमा उत्रिएको झापा गाउँपालिकाका प्रमुख जय नारायण साहले बताए ।

सशस्त्र प्रहरी निरीक्षक सचिन प्रधानको कमाण्डमा गएको सशस्त्र प्रहरी टोली चलाएको गोली लागेर एक जना घाइते भएका छन् । स्थानीय आलम घाइते भएका हुन् । उनको पेटमा गोली लागेको छ । उनलाई बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारका लागि ल्याइएको छ । थप विवरण आउन बाँकी छ ।

प्रतिकृया दिनुहोस्