News Portal

सशस्त्र प्रहरीले चलाएको गोली लागि झापा गाउँपालिकमा एक स्थानीयको मृत्यु

रातोपोस्ट संवाददाता
४९८ पटक

झापा,भदौ १० । झापा गाँउपालिका- ३ कामाटोलीमा सशस्त्र प्रहरीको गोली लागि एक जनाको मृत्यु भएको छ ।
स्थानीयबासीले सुरक्षाकर्मीमाथि आक्रमण गरेपछि आत्मरक्षाका लागि सशस्त्र प्रहरीले चलाएको गोली लागि कामाटोलीका ३८ वर्षीय रमिकुल आलमको मृत्यु भएको हो ।
गोरु काटेको खबर पाएपछि गएको प्रहरी टोलीले थप मद्दत मागेपछि गएको सशस्त्र प्रहरीमाथि स्थानीयले आक्रमण गरेपछि सशस्त्रले गोली चलाएको थियो ।

सोक्रममा गोली लागि गम्भीर घाइते भएका ३८ वर्षीय आलमको बी एण्ड सी अस्पताल विर्तामोडमा उपचारका क्रममा साँझ सवा ७ बजेतिर मृत्यु भएको अस्पताल सञ्चालक दुर्गा प्रसाईँले जानकारी दिए ।

स्थानीयले काटेको गोरुको टाउको र खुट्टा प्रहरीले बरामद गरेपछि आक्रोशित बनेका स्थानीयबासीले सशस्त्र प्रहरीमाथि नै आक्रमण गरेको बताइएको छ ।

सो क्रममा दर्जनौँको समूहमा रहेका स्थानीयहरु टायर पुल्ठो बाली नेपाल प्रहरी र सशस्त्र प्रहरीमाथि जाइ लागेका थिए ।
प्रहरीको गोली लागि आलमको मृत्यु भएपछि सो क्षेत्र असामान्य बनेको छ । स्थानीयबासीले टायर बालेर विरोध गरिरहेका छन्

प्रतिकृया दिनुहोस्