News Portal

झापामा एक कोरोना संक्रमितको मृत्यु

रातोपोस्ट संवाददाता
८५८ पटक

झापा, भदौ १२। झापाको कमल गाउँपालिकाका–३ केर्खा बजारका ८३ वर्षीय बृद्धको आज कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका लागि दशदिन अघि भर्ना भएका बृद्धिको आज बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईले बताए ।

बृद्ध मृगौला लगायतका रोगबाट पीडित रहेको बताइएको छ । नेपाली सेनाको सहयोगमा मृतकको शव झापा ल्याउन तयारी भइरहेको फोकल पर्सन चम्लागाईले जनाकारी दिए

झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेमा बृद्ध दोस्रा व्यक्ति हुन् । यसअघि दमकका एक जनाको संक्रमणबाट काठमाडौँमा मृत्यु भएको थियो ।

प्रतिकृया दिनुहोस्