News Portal

भारतमा एकैदिनमा ७६ हजार ८२६ जनामा कोरोना संक्रमण

रातोपोस्ट संवाददाता
५७३ पटक

काठमाडौं, भदौ १२ । भारतमा पछिल्लो २४ घण्टामा झण्डै ७७ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

वल्डोमिर्टसको पछिल्लो अपडेट अनुसार भारतमा ७६ हजार ८२६ जनामा कोरोना पुष्टि भएसँगै कोरोना संक्रमितको संख्या ३३ लाख ८४ हजार नाघेको छ ।

यस्तै भारतमा पछिल्लो २४ घण्टामा १ हजार ६५ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ६१ हजार ६९४ पुगेको छ।

यसैगरी भारतमा २५ लाख भन्दा धेरै संक्रमित निको भएका छन् ।

प्रतिकृया दिनुहोस्