News Portal

  • भक्तपुरमा एक कोरोना सङ्क्रमितको मृत्यु

    रातोपोस्ट संवाददाता
    ३९७ पटक

    भक्तपुर, भदौ १२ । भक्तपुरमा एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । गठ्ठाघरमा रहेको नागरिक कम्युनिटी अस्पतालमा उपचारको लागि ल्याइएकी स्थानीय ६२ वर्षीया महिलाको गएराति मृत्यु भएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिए ।

    उच्च रक्तचापको बिरामी रहेकी महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । अस्पतालका निर्देशक जितेन्द्र श्रेष्ठले दम, उच्च रक्तचाप लगायतको समस्याका कारण उपचारका लागि नागरिक अस्पताल ल्याएको महिलाको अस्पताल ल्याउँदा मृत्यु भएको बताए।

    कोरोना सङ्क्रमणका कारण महिलाको मृत्युपछि अस्पतालको आकस्मिक र ओपीडी आज र भोलि दुई दिनका लागि बन्द गरिएको उनले जानकारी दिए । भक्तपुरमा यसअघि कोरोना भाइरस सङ्क्रमणबाट दुईजना स्थानीयको ज्यान गएको थियो । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या १ सय ८७ पुगेको छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)