News Portal

थप ९२७ मा कोरोना पुष्टि, संक्रमितको संख्या ३६ हजार ४५६ पुग्यो

रातोपोस्ट संवाददाता
३०६ पटक

काठमाडौं, भदौ १२ । पछिल्लो २४ घण्टामा नेपालमा थप ९२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप ९२७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताए।

प्रवक्ता गौतमका अनुसार नेपालमा आजसम्ममा ३६ हजार ४५६ संक्रमित रहेको र संक्रिय संक्रमितको संख्या १६ हजार १९ रहेको छ।

आज १० हजार २२९ जनाको पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो। प्रवक्ता गौतमका अनुसार आजसम्मा नेपालमा ६ लाख ५८ हजार ११० जनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ। त्यस्तै पछिल्लो २४ घण्टामा थप १६९ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै कोरोनामुक्त हुनेको संख्या २० हजार २४२ पुगेको छ।

प्रतिकृया दिनुहोस्