News Portal

नेपालमा कोरोना संक्रमणबाट एकैदिन १२ जनाको मृत्यु

रातोपोस्ट संवाददाता
६५९ पटक

काठमाडौं, भदौ १२ । बितेको २४ घण्टामा कोरोनाबाट थप १२ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १९५ पुगेको छ । यस्तै देशभर थप ९२७ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् ।

संक्रमितमा ३३४ महिला र ५९३ जना पुरुष रहेका छन् । मृतकमा ४ महिला र ८ पुरुष रहेको शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । उनका अनुसार मृतक महिलामा मोरङका २ तथा भक्तपुर र मकवानपुरका १–१ जना रहेका छन् ।

यस्तै पुरुषमा उदयपुर, पर्सा, धनुषा, सिरहा, झापा, चितवन, कास्की र रुपन्देहीका १–१ जना रहेका छन् । प्रवक्ता डा गौतमले आज ९२७ संक्रमित थपिएसँगै देशभर कुल संक्रमितको संख्या ३६ हजार ४५६ पुगेको बताए । यस्तै शुक्रबार काठमाडौंमा ३५० ललितपुरमा ११ र भक्तपुरमा ५४ गरी ४१५ जनामा संक्रमण पुष्टि भएको छ ।

बितेको २४ घण्टामा १६९ जना निको भएका छन् भने यससँगै निको हुनेको संख्या २० हजार २४२ पुगेको छ ।

प्रतिकृया दिनुहोस्