News Portal

कमल गाउँपालिकामा आज एकै दिन थपिए नौ जना कोरोना संक्रमित

रातोपोस्ट संवाददाता
९६७ पटक

झापा भदौ १२ । झापाकाे कमल गाउँपालिकामा आज एकै दिन ९ जना कोरोना संक्रमित थपिएका छन् ।

थपिएका संक्रमितमा ५,१८,१८,३८,३८ र ४० वर्षका ६ जना पुरुष र ३० र ६७ वर्षका २ जना महिला रहेको कमल गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बाबुराम थुलुङ्गले जानकारी दिए ।

संक्रमित सबै कमल गाउँपालिका वडा नं. ३ का स्थानीय बासी हुन् । यस अघि संक्रमण पुष्टि भएकाहरुको कन्ट्रयाक्ट टे«सिङ्गका क्रममा १३० जनाको स्वाब परीक्षणमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको गाउँपालिकाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्