News Portal

“निर्दोष बन्दिहरुकाे व्यथा” शिर्षकमा लेखिएको लेखप्रति लेखकको टिप्पणी

विकल्प
६४२ पटक

आदरणिय पाठक बृन्द,यति बेला म आफ्नै पछिल्लो प्रकाशित लेखको समिक्षामा जुटेको छु । अक्षर–अक्षरहरुलाई जोडेर शव्द निर्माण गर्नु अनि शव्दहरुको उचित र अर्थपूर्ण समायोजन गरेर वाक्य गठन गर्न पनि सजिलो छैन । लेख, रचना, अनुभूति, कथा, कविता तयार गर्ने सर्जक जिम्मेवार र उत्तरदायित्व बन्नुपर्दछ भन्ने कुरालाई म स्विकार गर्दछु ।

म एउटा फरक संसारबाट यतिबेला अनुभूति गर्ने सन्देशहरु संस्लेषण गर्ने खास गरी नेपालको कार्यपालिका, न्यायपालिका (प्रहरी, प्रशासन र अदालत)का गतल कदमहरुले गर्दा बर्वाद भएका कयौं जीवनहरुसँग सहकार्य गरिरहेको छु । मृत्युको अनुभूति यदि कसैले गर्ने मौका पाउँदैन भन्ने पक्षलाई मान्ने हो भने जीवनमा जेल जीवन नै सबैभन्दा विशाल बिजको भण्डार हो ।

सबै नङहरुमा पालैपालो किला ठोकेर दिईने यातना, शरीरका संम्वेदनशील भागहरुलाई धारिलो व्लेडले चिरेर नुन चुक छर्केर दिईने यातना, आफ्नो जीवन संगिनीलाई परपुरुषहरुले दुर्ववहार गरेको देख्नु पर्दाको पीडा, आफ्नै प्राणभन्दा प्यारा सन्तानहरुलाई आँखाको सामून्नेमा एक घुट्को पानी पिलाउन नपाएर गुमाउनुको पश्चाताप भन्दा पनि डरलाग्दा त्रासजनाको सङ्गालो हो जेल जीवन । केवल कुलतमा फसेकाहरुका लागि भने क्षणिक जेल जीवन स्वर्ग हो अथवा एक थरी मान्छेहरुका लागि जेल जीवन साच्ची स्वर्णिम संसार हो ।

मैले यो परिवेषबाट आफ्नो सिकारु कलम चलाउने प्रयासलाई निरन्तरता दिएको छु । एउटा क्रान्तिकारी विचार, आदर्श र मूल्य मान्यतालाई बलियो बनाउन अठोट कायम राखेको छु । केहि शिर्जनाहरु आदरणिय पाठक बृन्दहरु समक्ष पु¥याउन सहयोग गर्नुहुने मेरो पृय साथी,सहयात्रीहरुको बेजोड हात रहेको छ । उहाँहरप्रति म ऋणी छु र नमन गर्न चाहान्छु । पछिल्लो मेरो अन्तरक्रियात्मक टिप्पणीमूलक रचना विविध कारणले सन्तोषजनक ढंगले प्रकाशित हुन सकेन ।

अक्षर,शब्द र हरफहरुमा देखिएका अशुद्धीले विषयबस्तुको गहिराईलाई घटाएको कुरा महसुस गरेको छु एउटा सुन्दर लक्ष्य र उद्देश्यले लेखिएको विषय अनेक अपर्याप्तताका कारण घिषेपिते बन्न पुगेको छ । अन्धो कानुनको आदेशले म फलामे तारले बाँधिएको छु । अक्षरको अशुद्धी, शब्दको अपूर्णता, वाक्यको अस्पस्टताका कारण बुझाउन खोजेको कुरा पुरा गर्न असमर्थ भएकोमा म कोटिकोटि क्षमा चाहन्छु ।

अबका दिनमा सम्पूर्ण रुपले ध्यान दिई, रचनाका दिनदेखि सम्पादन सम्ममा कमजोरी घटाउन प्रयत्न गर्नेछु, किनकी परिसुचताको अपेक्षा कतैपनि पूर्णरुपमा सम्भव हुँदैन । यतिबेला फेरी मैले एकजना रुसी विद्धानको कथनलाई सम्झन वाध्य भएँ । “इतिहासले कसैलाई सिक्न कर गर्दैन बरु जसले इतिहासबाट सिक्दैन उसलाई वर्तमानले सजाय मात्र दिन्छ ।” धन्यबाद ।
लेखक : विजय केसी (विकल्प) कास्की कारागार पोखरा

प्रतिकृया दिनुहोस्