News Portal

  • स्याङजामा एम्बुलेन्स दुर्घटना हुँदा २ जनाको मृत्यु

    रातोपोस्ट संवाददाता
    ३७६ पटक

    पोखरा, भदौ  १४ । स्याङ्जामा एम्बुलेन्स दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ । आइतबार विहान स्याङ्जाको वालिङबाट चापाकोट जाँदै गरेको बा २ झ ४०११ नम्बरको एम्बुलेन्स वालिङ नगरपालिका-५ को मजकोटमा दुर्घटना हुँदा २ पुरुषको मृत्यु भएको हो ।

    मृत्यु हुनेमा चापाकोट नगरपालिका-९ का ३५ वर्षीय भानुभक्त गैह्रे र चापाकोट-१० का २५ वर्षका श्याम पंगेनी छन् । दुर्घटनामा चापाकोट नगरपालिका-९ का ३१ वर्षीय एम्बुलेन्स चालक सुरेन्द्र भण्डारी, २८ वर्षीय पवित्रा पोखरेल घाइते भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायब उपरिक्षक राजेन्द्र अधिकारीले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)