News Portal

केन्द्रीय कारागारका ३५ कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि

रातोपोस्ट संवाददाता
४४६ पटक

काठमाडौं, भदौ १४ । केन्द्रीय कारागार सुन्धारामा थप ३५ जना कैदीबन्दीलाई कोरोना भाइरस संक्रमण देखिएको छ । यसअघि १५ जनालाई संक्रमण पुष्टि भएको थियो ।

आईतबार थप पुष्टि भएका सहित केन्द्रीय कारागारमा संक्रमित कैदिबन्दीको संख्या ५० पुगेको जेलर लक्ष्मी बाँस्कोटाले जानकारी दिए । संक्रमितमध्ये २ जना कैदीबन्दीले कोरोना जितिसकेका छन् ।

गृहमन्त्री रामबहादुर थापाल ‘बादल’ले कैदीबन्दीलाई कारागार बाहिर अस्पताल र अदालतमा ओहोर–दोहोर गराउँदा संक्रमण बढेको बताएका छन् । आईतबार राज्य ब्यवस्था समितीको भर्चुअल बैठकमा थापाले सो कुरा बताएका हुन् ।

प्रतिकृया दिनुहोस्